सांसद र मन्त्रीहरू ठेकेदार बनिरहेका छन्: तामाङ
हेटौँडा । बागमती प्रदेशसभा सदस्य एवम् राप्रपा बागमती प्रदेश संसदीय दलका उपनेता गिर बहादुर तामाङले सांसद र मन्त्रीहरू ठेकेदार बनिरहेको बताएका छन् । उनले संसदीय भूमिका छोडेर बजेटको हिसाब किताब र भागबन्डामा केन्द्रित भएको बताए ।
मंगलबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारको ६ वटा मन्त्रालयको विनियोजन माथि छलफल गर्दै उपनेता तामाङले सांसदहरूले नागरिकलाई डिप्रेसनमा पुग्नेगरी टचर दिइरहेको आरोप लगाए । उनले सांसदहरूलाई सर्कसको जोक्करसँग तुलना समेत गर्न भ्याए ।
‘१३ जिल्लाका ११९ वटा पालिका रहेको बागमती प्रदेशमा हाम्रा मन्त्रीहरूले एउटा मात्र वडामा विकास बजेट पठाएका छद्द् । त्यसको लागि धन्यवाद । अहिले सांसद र मन्त्री ठेकेदार बनिरहेको छ । संसदीय भूमिकामा रहने सांसदहरु बजेट कार्यक्रममा मात्र केन्द्रित भएको छ,’ उनले भने, ‘सांसदहरूले बजेट मात्र ध्यान दिएर हुँदैन । नीति कानुन निर्माणमा सांसदको ध्यान दिन जरुरी रहेको छ ।’
उनले बजेट विनियोजनको समयमा भौगोलिक समानुपातिक विषयलाई ध्यान जोड दिनुपर्ने बताए । बजेट विनियोजन र विकास प्रणाली पौराणिक भागबन्डा भन्दा पनि डिजिटल युगको प्रयोगमा अग्रसर हुनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण