कैलालीमा चट्याङ लागेर थप एक जनाको मृत्यु
बुधबार, १२ असार २०८१, १० : ४७

धनगढी । कैलालीमा चट्याङ लागेर थप एक जनाको मृत्यु भएको । धनगढी उपमहानगरपालिका–१८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको आज बिहान चट्याङ लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कवीन्द्र बोहराका अनुसार आफ्नै घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर चौधरीको मृत्यु भएको छ । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको हो । जिल्लाको जोशीपुर गाउँपालिका ३ भितरीया बस्ने वर्ष ३२ वर्षीय जयराम डंगौराको पनि चट्याङ लागेर ज्यान गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व प्रधानमन्त्री खालिदा जिया बंगलादेश फर्किइन्, राजनीतिक उथलपुथल बढ्ने
-
जगदुल्ला हाइड्रोपावर ठेक्का प्रक्रियाविरुद्धको रिटमा लिखित जवाफ माग
-
पूर्वमन्त्री नेपालको दाहसंस्कार गरिँदै, शव पशुपति लगियो (तस्बिरहरू)
-
चीनको एउटा कारखानामा रोबोटले मान्छेलाई थप्पडै थप्पड हानेपछि...
-
राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती
-
शौचालय जाम भएपछि डाइभर्ट भयो एयर इन्डियाको फ्लाइट