संसदीय समितिलाई सरकारले बजेटमा उपेक्षा गर्यो : सांसद तामाङ

हेटौंडा । बागमती प्रदेशसभा सदस्य गिरबहादुर तामाङले संसदीय समितिलाई सरकारले बजेटमा उपेक्षा गरेको बताएका छन् । ६ वटा संसदीय समितिलाई २० लाख बजेट छुट्याएर इन्धन खर्चसम्म कटौती गरेको देखिएको उनले बताएका हुन् ।
बुधबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको बजेटमाथिको छलफलका क्रममा बोल्दै सांसद तामाङले सरकारले ड्रागनको फोटो बनाउन खोज्दा खुराक नपुगेर सर्प बनेको जस्तै नीति कार्यक्रम र बजेटमा तादम्यता मिलाउन नसकेको टिप्पणी गरे ।
प्रदेश लोक सेवा आयोगलाई सरकारले ३० लाख बजेट विनियोजन गरेर काम भने ५ लाखको गर्ने तयारी गरेको उनको भनाई छ । यसले प्रदेश लोक सेवा आयोगको काम र जिम्मेवारीबाट कस्तो उपलब्धि सरकारले खोजेको हो भन्दै उनले प्रश्न गरे । प्रदेश सरकारले लोक सेवा आयोगलाई जिम्मेवार बनाएर रोकिएको परीक्षाहरूको नतिजा सार्वजनिक गर्नु र विद्यार्थीहरूको भविष्यलाई निकास दिनुपर्ने सांसद तामाङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेट गाला डेब्यूमा शाहरुख खानको ड्रेस गतिलो नभएको भनेर डिजाइनरसँग रिसाए फ्यान
-
‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरू
-
कान्समा डेब्यू गर्दै आलिया
-
नीति तथा कार्यक्रममाथिको छलफल व्यर्थको बहस : उर्मिला अर्याल
-
सरकार भ्रष्ट र बिचौलियाको संरक्षण गर्ने मेरूदण्ड हो : ज्ञानेन्द्र शाही
-
नीति तथा कार्यक्रममा गर्न सकिने कुराहरू लेखिएको छ, यो सान्दर्भिक छ : प्रमुख सचेतक न्यौपाने