संसदीय समितिलाई सरकारले बजेटमा उपेक्षा गर्यो : सांसद तामाङ
हेटौंडा । बागमती प्रदेशसभा सदस्य गिरबहादुर तामाङले संसदीय समितिलाई सरकारले बजेटमा उपेक्षा गरेको बताएका छन् । ६ वटा संसदीय समितिलाई २० लाख बजेट छुट्याएर इन्धन खर्चसम्म कटौती गरेको देखिएको उनले बताएका हुन् ।
बुधबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको बजेटमाथिको छलफलका क्रममा बोल्दै सांसद तामाङले सरकारले ड्रागनको फोटो बनाउन खोज्दा खुराक नपुगेर सर्प बनेको जस्तै नीति कार्यक्रम र बजेटमा तादम्यता मिलाउन नसकेको टिप्पणी गरे ।
प्रदेश लोक सेवा आयोगलाई सरकारले ३० लाख बजेट विनियोजन गरेर काम भने ५ लाखको गर्ने तयारी गरेको उनको भनाई छ । यसले प्रदेश लोक सेवा आयोगको काम र जिम्मेवारीबाट कस्तो उपलब्धि सरकारले खोजेको हो भन्दै उनले प्रश्न गरे । प्रदेश सरकारले लोक सेवा आयोगलाई जिम्मेवार बनाएर रोकिएको परीक्षाहरूको नतिजा सार्वजनिक गर्नु र विद्यार्थीहरूको भविष्यलाई निकास दिनुपर्ने सांसद तामाङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण