भाटभटेनीले ल्यायो ‘पार्ट टाइम रोजगारी’को अवधारणा, २ हजार जना भर्ना गर्न प्रक्रिया सुरु
काठमाडौँ । देशकै ठुलो सुपरमार्केट भाटभटेनीले ‘पार्ट टाइम रोजगारी’को अवधारणा ल्याएको छ । जसअनुसार आगामी आर्थिक वर्षको सुरुवातदेखि नै २ हजार जनालाई काममा लगाउने गरी सुपरमार्केटले कर्मचारी भर्नाको प्रक्रिया सुरु गरिसकेको छ ।
भाटभटेनीका चिफ अपरेटिङ अफिसर (सीओओ) पानु पौडेलले कर्मचारी भर्ना प्रक्रिया सुरु गरिएको रातोपाटीलाई बताए । ‘आजबाट अनाउन्समेन्ट भयो । भोलिबाट विस्तारै कर्मचारी भर्नाका लागि बायोडाटा लिएर आवश्यक प्रक्रिया सुरु हुन्छ’, उनले भने । उनले पहिलो लटमा २ हजार कर्मचारी भर्ना गर्ने सुपरमार्केटको योजना रहेको सुनाए । आगामी दिनमा यो संख्या बढाउँदै लगिने उनको भनाइ छ ।
उनले पार्ट टाइम कर्मचारीलाई के कसरी पारिश्रमिक उपलब्ध गराउने भन्नेबारे भाटभटेनीले आधिकारिक टुंगो लगाउन बाँकी रहेको जानकारी दिँदै अहिले कर्मचारीले पाइरहेको भन्दा केही धेरै नै हुने बताए ।
‘अहिले नै आवेदन आउनेमध्येबाट सर्टलिस्ट गर्ने काम हुन्छ । रेट राम्रै हुन्छ । अहिले पाइरहेकालाई भन्दा पार्ट टाइमका लागि अलिकति धेरै नै हुन्छ’, उनले भने।
विशेषगरी विद्यार्थी वर्गलाई विभिन्न आर्थिक समस्या हुने र उनीहरुलाई कामसँगै रोजगारीमा पनि आबद्ध गराउने योजनाअनुसार यसरी पार्ट टाइमको अवधारणा ल्याइएको भन्दै पौडेलले दुई पक्षबीचको समझदारीको आधारमा कति घण्टा काम दिने भन्नेबारे निश्चित गरेर काममा लगाइने जानकारी दिए।
‘कतिपयले कलेज गर्दा अभिभावकबाट पकेट पनि माग्नुपर्ने जुन अवस्था छ । त्यसलाई अन्त्य गर्दै उनीहरुको कलेजपनि कन्टिन्यू होस् र पकेट खर्च पनि होस् भनेर हामीले पार्ट टाइम अवधारणा ल्याएको हौँ’, उनले भने ।
यसबारे भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङसहितको टोलीले केही दिनअघि श्रममन्त्री डीपी अर्यालसँग समेत भेट गरेको थियो । भेटका क्रममा गुरुङको योजना सुनेपछि श्रममन्त्रीले मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण