नीति तथा कार्यक्रम र बजेट निर्माणमा स्थानीय तहरुले संविधान र कानूनको उल्लङ्घन गरेः सांसद गैरे
काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा स्थानीय तहरुले संविधान र कानूनको उल्लङ्घन गरेको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गैरेले संविधानले दिएको अधिकार र पालना गर्नुपर्ने कानूनलाई स्थानीय तहहरुले कायान्वयन गर्न नसकेको बताएका हुन् । उनले आगामी आर्थिक वर्ष २०८१÷०८२को नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा संघीय सरकार प्रतिनिधि सभा,प्रदेश सरकार प्रदेश सभा र स्थानीय तहहरुमा संविधानको परिपालना नगरेको बताए । उनले प्रदेश सभा र स्थानीय तहहरुमा नीति निर्माण,बजेट निर्माणमा असङ्गति र अराजकता बढेको भन्दै सरकारको ध्यान जान जरुरी रहेको बताए ।
उनले आगामी आर्थिक वर्षको बजेटमा लामो छलफल गरी विगतको परम्परालाई निरन्तरता जस्तै गरी बजेट पारित भएको बताए । उनले प्रदेशहरुमा प्रश्तुत भएर बजेट छलफलमा देखिएका विभिन्न परिस्थिति हेर्दा विडम्बनापूर्ण अवस्था रहेको बताए । उनले स्थानीय तहहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने कानूनी व्यवस्था भएपनि ४३ स्थानीय तहमा बजेट पेश हुन नसक्नु राम्रो पक्ष नभएको बताए । उनले कतिपय स्थानीय तहहरुमा कुर्सी तोडफोड गर्ने अराजकता व्यवहार भएको भन्दै संघीयता कार्यान्वयनमा समस्या देखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण