सहकारी ठगी प्रकरण
पशुपति सेभिङका सञ्चालकहरुविरुद्ध ५७ करोड रकम अपचलन गरेको उजुरी सीआईबीमा
२६७ जनाले बुझाए जाहेरी
शुक्रबार, १४ असार २०८१, २२ : १२
काठमाडौँ । पशुपति सेभिङ एन्ड क्रेडिटका सञ्चालकहरु विरुद्ध बचतकर्ताले सीआईबीमा जाहेरी दर्ता गराइरहेका छन् । ललितपुरमा मुख्य कार्यालय भएको पशुपतिका पूर्व अध्यक्ष सीबी लामा अहिले कारागारमा छन् । उनलाई कारागारबाट झिकाएर अनुसन्धान गरिने सीआईबीका एसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए ।
आफ्नो बचत फिर्ता नपाएको भन्दै २६७ जना बचतकर्ताले पशुपति सेभिङका सञ्चालकहरुबिरुद्ध जाहेरी दर्ता गराएका छन् । अहिलेसम्मको अनुसन्धानबाट सीबी लामा सहितका सञ्चालकहरूले ५७ करोड रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको एसपी बोगटीले जानकारी दिए ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पशुपति सेभिङ एन्ड क्रेडिटका ५४ जना बचतकर्ताले निवेदन दिएका छन् । जाहेरी आउने क्रम जारी रहेको एसपी बोगटीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण