युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ कोरिया प्रस्थान
काठमाडौँ । कोरिया सरकारको निमन्त्रणामा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ औपचारिक भ्रमणका लागि आज कोरिया प्रस्थान गरेका छन् । एक साताको कोरिया भ्रमणमा मन्त्री श्रेष्ठ विभिन्न कार्यक्रमहरुमा सरिक हुनेछन् ।
मन्त्री श्रेष्ठ इमिनेन्ट दक्षिण एसियाली डिगनिटरिज र नेपाल दूतावासद्वारा आयोजित लगानी समिटमा सहभागी हुनेछन् । लगानी सम्मेलनमा पीपीपी मोडलमा खेलकुदको भौतिक पूर्वाधार, खेलकुद प्रविधि, टुरिजम र हाइड्रो प्रोजेक्टको विषयमा आफ्नो भ्रमण केन्द्रित हुने मन्त्री श्रेष्ठले बताए ।
कोरियन स्पोर्ट्स एण्ड ओलम्पिक कमिटीका अध्यक्ष लि-की हुङ र वल्ड तेक्वान्दो फेडेरेसनका अध्यक्ष डाक्टर चुङवोङ चावोसँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ । कोरियन स्पोर्ट्स एण्ड ओलम्पिक कमिटीसँगको भेटमा आगामी एसियन गेम्सको लागि प्रशिक्षण र प्राविधिक सहयोगको विषयमा चर्चा हुनेछ ।
वर्ल्ड तेक्वान्दो फेडेरेसनका अध्यक्षसँग शैलुङको हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण पश्चात् मान्यताको विषयलाई प्रमुख एजेन्डाको रूपमा राखिएको छ । यसैगरी कोरियन नेशनल स्पोर्ट्स युनिभर्सिटी भ्रमण र कोरियन एन्टी डोपिङ एजेन्सी काडासँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ ।
मन्त्री श्रेष्ठले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर भ्रमणको बारेमा जानकारी गराएका थिए । मन्त्री श्रेष्ठ असार २२ गते नेपाल फर्किने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण