युरो कपबाट बाहिरियो साबिक विजेता इटाली
शनिबार, १५ असार २०८१, २३ : ३७
काठमाडौँ । साबिक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ बाट नै बाहिरिएको छ । शनिबार भएको खेलमा इटाली स्विट्जरल्यान्डसँग २–० ले स्तब्ध बनेको हो ।
खेलमा ३७ औँ मिनेटमा रेमो फ्रेउलरले गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै रुबेन भारगासले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
खेलमा स्वीस टोलीले पूर्ण नियन्त्रण बनाएको थियो । इटालीले विपक्षीको पोस्टमा पहिलो प्रहर गर्न ७३ औँ मिनेटसम्म पर्खनुपरेको थियो ।
त्यसपछि भने कुनै गोल हुन सकेन । योसँगै इटाली प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो भने स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अब टोलीले इंग्ल्यान्ड र स्लोभाकियाबिचको विजेतासँग भिड्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण