पोखराका मेयरलाई गिज्याउँदै सडकमै धान रोपाइँ
आइतबार, १६ असार २०८१, ०६ : २८
पोखरा । पोखरा अधिक पानी पर्ने ठाउँ हो । यसैपनि बढी पानी पर्ने यहाँ बर्खाका कारण अधिकांश सडकमा खाल्डाखुल्डी बढेको छ । त्यसमाथि निर्माणमा असावधानी अपनाउँदा यात्रुले चर्को सास्ती व्यहोर्न बाध्य छन् ।
पोखराको हरिचोकदेखि याम्दी खण्डमा सडकको यस्तै दुरावस्था छ । जसका कारण यात्रुहरू आजित भएका छन् । सडक निर्माणमा गरेको ढिलासुस्तीको व्यङ्ग्य स्वरूप स्थानीय अगुवाहरूले सडकमै धान रोपिदिएका छन् ।
खाल्डाखुल्डी चौबिस घण्टाभित्रै पुर्ने उद्घोष गरेर निर्वाचित भएका मेयर धनराज आचार्यको घोषणालाई गिज्याउँदै सडकमै धान रोपाइँ गरिएको हो । सडक विभागको मातहतमा रहेको पोखरा १ याम्दी क्षेत्रमा सडकमै धान रोपिएको छ ।
स्थानीय र अगुवाहरूले बाजागाजा सहित मेयरलाई व्यङ्ग्य प्रदर्शन गरेका थिए ।







_t4WLzSzqdv.jpg)



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण