धीरेन्द्र झा समूह राप्रपा नेपालमा समाहित, उपाध्यक्ष पद दिइयो
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान बिचार भएकाहरू एकै ठाउँमा उभिएर देशलाई निकास दिने समय आएको बताएका छन् । आइतबार नेपाल जनता पार्टीबाट धीरेन्द्र झा समूहलाई पार्टीमा समाहित गर्दै अध्यक्ष थापाले तराई मधेस क्षेत्रमा पार्टीलाई बलियो बनाउन यो समायोजन महत्त्वपूर्ण कोशेढुङ्गा हुने समेत दाबी गरे ।
कार्यक्रममा बोल्दै नेपाल जनता पार्टीका उपाध्यक्ष धीरेन्द्र झाले एजेन्डा स्थापित गर्नको निमित्त कमल थापाको नेतृत्व आवश्यक भएकोले राप्रपा नेपालमा समाहित भएको बताए । आज आयोजित घोषणा सभामा सहमति पत्रमा हस्ताक्षर समेत भएको थियो ।
सहमति अनुसार राप्रपा नेपालमा समाहित भएको नेपाल जनता पार्टीका उपाध्यक्ष झा राप्रपा नेपालको उपाध्यक्ष पदमा रहनेछन् । साथै योग्यता, क्षमता र प्रभावकारिता हेरी पदाधिकारी, केन्द्रीय सदस्य , विभाग, क्षेत्रीय समन्वय समिति, जिल्ला र अन्य स्थानीय तहहरूमा सम्मानजनक जिम्मेवारी र भूमिका प्रदान गरिने सहमति भएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण