जीवन विकासलाई फिलिपिन्समा अवार्ड
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले थ्री जिरो क्लब प्रवर्द्धन गरे बापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थाहरू मध्ये नेपालको जीवन विकास लघुवित्त वित्तीय संस्थाले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको हो ।
यसअघि २०२२ र २०२३ को थ्री जिरो क्लब कन्भेन्सनमा पनि जीवन विकासले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको थियो । शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले थ्री जिरो क्लबको (तीन शून्य क्लब) अवधारणा अघि सारेका थिए ।
जीवन विकासले सामाजिक कार्य गर्दा थ्री जिरो क्लबसँग सहकार्य गर्छ । वातावरण संरक्षण र अति विपन्न परिवारको सहयोगमा थ्री जिरो क्लब बढी सक्रिय छन् । थ्री जिरो क्लब गठन र सहयोगमा उत्कृष्ट कार्य गर्दै आएको जीवन विकासलाई थ्री जिरो क्लब कन्भेन्सनमा प्रवर्द्धक मोहम्मद युनुसले अवार्ड प्रदान गरेका थिए । सो अवार्ड ग्रहणका लागि संस्थाको तर्फबाट जीवन विकास लघुवित्त वित्तीय संस्थाका सञ्चालक सदस्य प्रकाशकुमार श्रेष्ठ, जीवन विकासका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डल, नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी उपस्थित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण