ओखलढुंगाको पात्लेमा पहिरोबाट ५ घरमा क्षति
सोमबार, १७ असार २०८१, १५ : ००
काठमाडौँ । ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका वडानम्बर ७ मा पहिरोले ५ घर पुरेको छ । गएराति परेको अविल वर्षापछि गएको पहिरोमा परी ५ घर पुरिएको मोलुङ गाउँपालिका वडानम्बर ७ का वडाध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिए ।
वडाध्यक्ष सुनुवारका अनुसार टेकबहादुर पहारी, पेशल पहारी, अम्बर बहादुर पहारी, देबीमाया सुनुवार र दीलबहादुर विकको घर पहिरोले क्षति पुर्याएको हो । ‘मानवीय क्षति हुन पाएको छैन । केही पशु चौपायाको पहिरोमा परि मृत्यु भएका छन्’, वडाध्यक्ष सुनुवारले रातोपाटीलाई जानकारी दिए ।
पहिरोले घरमा क्षति भएपछि स्थानीयलाई विद्यालय भवनमा राख्न लागिएको जानकारी दिँदै उनले पहिरोका कारण त्यस क्षेत्रमा अन्य घरपनि जोखिममा परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्पायर स्टेट बिल्डिङको चुचुरोमा विवाह प्रस्ताव गर्ने रुसी जोडी पक्राउ
-
संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभाको लाइभ प्रभावित
-
‘लेनिन’ मार्फत ठुलो पर्दामा फर्किँदै अभिनेता अखिल अक्किनेनी
-
१० मध्ये पाँच अफ्रिकी टोली कसरी विश्वकपबाट बाहिरिए ?
-
इंग्ल्यान्डको पुनरागमन: के जलपान विश्रामकै कमाल थियो त ?
-
ठोस सहमति बिनै टुङ्गियो अमेरिका–इरान वार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण