नेप्से सूचक १६.२९ अंकले बढ्यो, तर कारोबारमा गिरावट
काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १६.२९ अंकले वृद्धि भएको छ । अघिल्लो दिन १४.८३ अंकले घट्दै २ हजार ३७.०९ विन्दुमा ओर्लिएको नेप्से सूचक सोमबार ०.८० प्रतिशतले बढ्दै २ हजार ५३.३८ विन्दुमा उक्लिएको हो ।
तर सोमबार कारोबार भने घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार २ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बराबरको ७१ लाख ६५ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । जबकि १४ अंकमाथिले सूचक घटेको अघिल्लो दिन ३ अर्ब ६० करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।
सोमबार फाइनान्स र म्यानु एण्ड प्रो समूहको उपसूचक बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी बैंकिङ समूहको उपसूचक २.०४ प्रतिशतले बढेको छ भने सोमबार विकास बैंक समूहको उपसूचक १.३१ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचक भने १ प्रतिशत कमले बढेका छन् ।
सोमबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
-
सरकारी निकायमा हुने गरेका सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ – मन्त्री तिमिल्सिना
-
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प
-
रास्वपाको जिल्ला अधिवेशन सुरुः ६७ जिल्लामा निर्वाचन हुँदै, १० जिल्लाको महाधिवेशनपछि हुने
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण