खेलकुद मन्त्री श्रेष्ठ र कोरियाकी उपमन्त्रीबिच भेटवार्ता
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र दक्षिण कोरियाको संस्कृति, खेलकुद र पर्यटन मन्त्रालयकी सेकेन्ड भाइस मिनिस्टर जाङ मि–रानबिच भेटवार्ता भएको छ । भेटमा कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवको अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो ।
भेटमा युवा तथा खेलकुद मन्त्री श्रेष्ठले नेपालको सैलुङमा बन्न लागेको हाइ अल्टिच्युट ट्रेनिङ सेन्टरको बारेमा जानकारी गराएका थिए । उनले उक्त हाइ अल्टिच्युट ट्रेनिङ सेन्टरको लागि नेपाल सरकारले बजेट छुट्टयाएको र प्राथमिकता साथ अगाडि बढाउने बताए । भाइस मिनिस्टर मि–रानले सो सेन्टरको स्थलगत भ्रमण गर्ने प्रतिबद्धता जनाइन् ।
भेटमा नेपाल र कोरियाको संस्कृतिको विषयमा पनि छलफल भएको थियो । यसै गरी युवाहरूको लागि नेपालमा मेडिटेसन सेन्टर निर्माणको विषयमा पनि सकारात्मक छलफल भएको थियो । मि–रान ओलम्पिक्सकी गोल्ड मेडलिस्ट भारोत्तोलन खेलाडी र चार पटककी विश्व विजेता पनि हुन् ।
कोरिया सरकारको निमन्त्रणामा दक्षिण कोरियाको औपचारिक भ्रमणमा रहेका मन्त्री श्रेष्ठले भोलि कोरियन स्पोर्ट्स एन्ड ओलम्पिक कमिटीका अध्यक्ष लि–की हुङ र वर्ल्ड तेक्वान्दो फेडरेसनका अध्यक्ष डाक्टर चुङवोङ चावोसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण