‘वनसँग सेलिब्रेटी’ कार्यक्रम, अनावश्यक भएको भन्दै खर्च कटौती प्रस्ताव दर्ता
सुर्खेत । कर्णाली प्रदेशले आगामी आर्थिक वर्षको बजेटमा ‘वनसँग सेलिब्रेटी’ नामक कार्यक्रम ल्याएको छ । तर उक्त कार्यक्रम अनावश्यक भएको भन्दै सांसदले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका छन् ।
मंगलबार कांग्रेस सांसद घनश्याम भण्डारीले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका हुन् । उक्त कार्यक्रमका लागि तीन लाख रकम राखिएको छ । ‘यो अनावश्यक कार्यक्रम हो, यसको खर्च कटाइयोस्, सरकार सेलिब्रेटीतिर लाग्नुभयो कि जस्तो लायो,’उनले भने, ‘यस भन्दा पहिला वनसँग चौकीदार, वनसँग समुदाय जस्ता कार्यक्रम देखेका थियौँ । वनसँग सेलिब्रेटी कार्यक्रम के गर्न राखिएको हो ?’उनले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय नाम अनुसार काम नभएको बताए ।
भण्डारीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कर्मचारी प्रोत्साहन तथा पुरस्कार कार्यक्रमको पनि खर्च कटौती गर्न माग गरेका छन् । उक्त कार्यक्रममा लागि २४ लाख विनियोजन गरिएको छ । ‘यसभन्दा अगाडि यस्तो कहीँ देखिएन । यसमा खर्च घटाइनुपर्छ,’उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण