वैदेशिक रोजगारीमा गएकालाई असार २७ देखि रिलायन्सको आईपीओ
काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा गएकालाई असार २७ देखि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । बुक विल्डिङमार्फत बिक्री खुलाइने आईपीओको मूल्य प्रतिकित्ता ८२०.८० रुपैयाँ पर्नेछ । रिलायन्स स्पिनिङ मिल्स उत्पादनमूलक उद्योगकारुपमा विराटनगरमा धागो उत्पादन गरिरहेको उद्योग हो ।
धितोपत्र बोर्डले लामो समयदेखि आईपीओ बिक्रीको अनुमतिमा रहेको रिलायन्सको प्रक्रिया स्वीकृत गरेपछि यही असारदेखि बिक्री खुल्ने भएको हो । सर्वसाधारण र संस्थागत लगानीकर्ताका लागि कम्पनीले सेयर बिक्री गर्नेछ । त्यसअघि नेपाल सरकारबाट स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकालाई बिक्री गर्न लागेको हो ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । उद्योगले वैदेशिक रोजगारीमा रहेकाहरूलाई प्रतिकित्ता ८२०.८० रुपैयाँ पर्ने १ लाख १५ हजार ५९६ कित्ता सेयर बिक्री गर्नेछ । यो कूल बिक्री हुन लागेको सेयरको १० प्रतिशत हो । कम्पनीले सर्वसाधारणका लागि कूल ११ लाख ५५ हजार ९६० कित्ता सेयर बिक्री खुलाउनेछ ।
लगानीकर्ताले रिलायन्सको आईपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ । उद्योगले विराटनगरमा धागो उत्पादन तथा प्रशोधन गर्दै स्वदेशी तथा विदेशी बजारमा बिक्री गर्दै आइरहेको छ । जसमा सबैभन्दा धेरै हिस्सा विदेशी बजारलाई ओगट्छ । रिलायन्सबाट उत्पादित धागो मुख्यगरी भारत र टर्की लगायतका देशमा जान्छ । लगानीकर्ताले आईपीओमा साउन १० गतेसम्म आवेदन दिन पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण