बिहे गरेर कर्मघरमा भित्रिनासाथ उजाडियो सिउँदो
काठमाडौँ । बिहे गरेर कर्मघरमा भित्रिनासाथ बेहुलीको सिउँदो उजाडिएको छ । बेहुली भित्र्याएको केही घण्टामै बेहुलाले आत्महत्या गरेका हुन् ।
घटना भारतको उत्तर प्रदेश राज्यको इटावा जिल्लाको हो । भारतीय सञ्चारमाध्यमका अनुसार उसरहार गाउँमा अवकाश प्राप्त सैनिक ज्ञान सिंहका छोरा सत्येन्द्रको बिहे थियो ।
मंगलबार जन्तीसहित बेहुलीको घरमा पुगेका सत्येन्द्र बुधबार बेहुली लिएर दिउँसो करिब दुई बजे घर फर्किए । बेहुली भित्र्याउने प्रक्रिया चलिरहेको थियो । बेलुकाका लागि डीजेसहित मनोरञ्जनका कार्यक्रम आयोजना गरिएको थियो, जसका लागि बेहुला आफैँले रकमसमेत भुक्तानी गरिसकेका थिए ।
तर यसबिचमै घरको दोस्रो तलामा बेहुला सत्येन्द्र आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परे । तत्कालै उनलाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरे ।
प्रहरीले शव पोस्टमार्टमका लागि पठाएको छ । प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार सत्येन्द्रले आत्महत्या गर्नुको कारण अहिलेसम्म खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण