सहमतिपछि वडा कार्यालयमा लगाइएको ताला खुल्यो
बिहीबार, २० असार २०८१, २२ : ३१

गण्डकी । डुबान प्रकोपको दीर्घकालीन नियन्त्रणको मागसहित पोखरा महानगरपालिका–३२ का स्थानीयले ताला खोलेका छन् । पोखरा महानगरपालिका–३२ को ठूलो पाटन, म्याग्दी टोल, लाहुरे टोल, कालिका नगर, मझुुवा र लामेआहालका स्थानीयले बुधबार उक्त क्षेत्रमा प्रत्येक वर्षको वर्षातमा बस्ती डुबानमा परिरहे पनि त्यसको समाधान हुन नसकेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।
स्थानीयवासी र वडा कार्यालयबीच समस्या समाधानका लागि तत्काल हल गर्ने सहमति भएपछि तालाबन्दी खोलिएको तल्लो गगनगौडा बजार व्यवस्थापन समितिका अध्यक्ष एवं प्रगतिशील सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले जानकारी दिए ।
वडा नं ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीले साउनको पहिलो हप्ताबाट काम सुरु गरी १५ दिनभित्रमा काम सम्पन्न हुनेमा विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आचरण विपरीत काम गरेपछि दार्चुलाका न्यायाधीश सर्वोच्च तानिए
-
३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड
-
‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
मनसुन प्रणाली देशभर फैलियो
-
तीन दलको बैठकमा प्रधानमन्त्री ओलीले गरे मिथेन ग्यासको चर्चा
-
विप्लवले भेटे झलनाथ खनाल