सहमतिपछि वडा कार्यालयमा लगाइएको ताला खुल्यो
बिहीबार, २० असार २०८१, २२ : ३१
गण्डकी । डुबान प्रकोपको दीर्घकालीन नियन्त्रणको मागसहित पोखरा महानगरपालिका–३२ का स्थानीयले ताला खोलेका छन् । पोखरा महानगरपालिका–३२ को ठूलो पाटन, म्याग्दी टोल, लाहुरे टोल, कालिका नगर, मझुुवा र लामेआहालका स्थानीयले बुधबार उक्त क्षेत्रमा प्रत्येक वर्षको वर्षातमा बस्ती डुबानमा परिरहे पनि त्यसको समाधान हुन नसकेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।
स्थानीयवासी र वडा कार्यालयबीच समस्या समाधानका लागि तत्काल हल गर्ने सहमति भएपछि तालाबन्दी खोलिएको तल्लो गगनगौडा बजार व्यवस्थापन समितिका अध्यक्ष एवं प्रगतिशील सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले जानकारी दिए ।
वडा नं ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीले साउनको पहिलो हप्ताबाट काम सुरु गरी १५ दिनभित्रमा काम सम्पन्न हुनेमा विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण