कर्णालीको बजेट बहुमतले पारित
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकबाट बजेट बहुमतले पारित भएको हो । बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्री महेन्द्र केसीले जवाफ दिएका थिए ।
आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याइएको छ ।
जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात ५९.७ प्रतिशत र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख अर्थात २४.१२ प्रतिशत बजेट ल्याइएको छ । वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहका वित्तीय हस्तान्तरण ४ अर्ब ८३ करोड विनियोजन गरिएको छ ।
सरकारले ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा २ अर्ब घटेर आएको छ । चालु आर्थिक वर्षमा ३३ अर्बको बजेट ल्याइएको थियो ।
बजेट विवादमा समेत परेको थियो । यसअघि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्तापक्षका सांसदहरूले असहमति जनाएका थिए । कांग्रेसले लगातार संसद् अवरुद्ध गरेपछि सरकारले ९ बुँदे सम्झौता गरेको छ । उक्त सम्झौता पश्चात् मात्रै मन्त्रालयगत बजेटमाथि छलफल हुन सकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण