यस्ता छन् आइतबार बस्ने प्रतिनिधिसभा बैठकका ४ कार्यसूची
काठमाडौँ । आइतबार बिहान ११ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । भोलिको बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित ४ कार्यसूची तय गरेको छ ।
बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी र मन्त्रालयको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
यस्तै प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको “विनियोजन विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची रहेको छ ।
यस्तै पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले “पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०” पेस गर्ने कार्यसूची रहेको छ ।
साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौँ वार्षिक प्रतिवेदन आव २०७९ र २०८०” पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन् ।
सभामा शून्य समय, विशेष समयमा बोल्ने लगायतका कार्यसूची भने भोली संसद् बैठक अघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्धारण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण