कैलाली र कञ्चनपुर बाढीको उच्च जोखिममा, सतर्कता अपनाउन आग्रह
धनगढी । निरन्तरको वर्षाले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा डुबान हुन सक्ने भएकोले उच्च सतर्कता अपनाउन निर्देशन जारी गरिएको छ ।
कैलाली र कञ्चनपुर जिल्ला प्रशासन कार्यालयहरूले छुट्टा छुट्टै सूचना जारी गरेर नदी तटीय क्षेत्रका नागरिक तथा सम्बन्धित सबै सरोकारवालालाई सतर्कता अपनाउन निर्देशन जारी गरिएको हो ।
यसैबिच बर्सेनि बाढीको डुबानले ग्रसित कैलालीको भजनी नगरपालिका क्षेत्रमा हुन सक्ने डुबानबाट जोगिन तथा सावधानी अपनाउन स्थानीय स्तरमा पनि सतर्कता अपनाउन सूचना जारी गरिएको छ ।
भजनी नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का वडाध्यक्ष विक्रम चौधरीले आज बिहानसम्म अवस्था सामान्य रहे पनि नदीमा पानीको सतह बढै गएकोले नगरपालिकास्थित सबै वडाको टोल टोलमा सावधानी अपनाउन सूचना जारी गरिएको बताए । नगर क्षेत्रमा प्रतिकार्यको तयारी पनि गरिएको छ । समयमै नजिकको सुरक्षित स्थान जान पनि अनुरोध गरिएको छ ।
नगरपालिकाले बाढी प्रभावितहरूलाई खाना खुवाउन ठाउँ ठाउँमा मेस सञ्चालनको तयारी गरेको प्रवक्ता चौधरीले बताए । साथै उद्धारको लागि डुङ्गासहित जनशक्तिको पनि व्यवस्थापन गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण