एक दशकपछि अभिनयमा फर्किइन् अरुणिमा
आइतबार, २३ असार २०८१, ११ : ३९
काठमाडौँ । अभिनेत्री अरुणिमा लम्साल अभिनयमा फर्किएकी छन् । उनी ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिजबाट एक दशकपछि अभिनयमा फर्किएकी हुन् ।
सिरिजको अहिले अमेरिकाका विभिन्न स्थानमा छायाङ्कन भैरहेको छ । उनी सन् २०१५ देखि अमेरिका रहदै आएकी छिन् । फिल्म ‘पिपल’ अभिनयपछि उनी अमेरिका हराएकी हुन् ।
सिरिजका निर्देशक बिमलेश अधिकारी हुन् । सिरिजमा बिमलेशकै मुख्य भूमिका रहनेछ । बिमलेसले यसअघि ‘ब्रेकफेल’ मा अभिनय गरेका थिए ।
सिचुएशनल कमेडी–ड्रामामा बन्ने सिरिजको सम्पूर्ण छायाङ्कन अमेरिकामै हुनेछ । विवेक चम्लागाईंको लेखन रहेको सिरिजले गोप्य रूपमा लिभ–इन रिलेशनसिपमा रहेकी छोरी र अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको कथा भन्छ ।
सिरिजमा राधाबाबु लम्साल र खेम शर्मा, आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाको समेत अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से परिसूचक २६ अङ्कले घट्यो
-
सगरमाथा चढ्नुअघि सात हजार मिटरभन्दा माथिको हिमाल आरोहण अनिवार्य बनाइँदै
-
१११ जनालाई केन्द्रीय सदस्य बनाउने र सदस्यता अध्यावधिक नगर्ने विषय स्वीकार्न सकिन्न : गगन थापा
-
एमाले–कांग्रेसले संविधान संशोधनबारे कार्यदललाई कुनै सुझाव नदिने
-
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन र विपद् पूर्वतयारीबारे जानकारी गराउन सभामुखको निर्देशन
-
रास्वपाको संशोधित विधानमा के छ व्यवस्था ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण