एक दशकपछि अभिनयमा फर्किइन् अरुणिमा
आइतबार, २३ असार २०८१, ११ : ३९

काठमाडौँ । अभिनेत्री अरुणिमा लम्साल अभिनयमा फर्किएकी छन् । उनी ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिजबाट एक दशकपछि अभिनयमा फर्किएकी हुन् ।
सिरिजको अहिले अमेरिकाका विभिन्न स्थानमा छायाङ्कन भैरहेको छ । उनी सन् २०१५ देखि अमेरिका रहदै आएकी छिन् । फिल्म ‘पिपल’ अभिनयपछि उनी अमेरिका हराएकी हुन् ।
सिरिजका निर्देशक बिमलेश अधिकारी हुन् । सिरिजमा बिमलेशकै मुख्य भूमिका रहनेछ । बिमलेसले यसअघि ‘ब्रेकफेल’ मा अभिनय गरेका थिए ।
सिचुएशनल कमेडी–ड्रामामा बन्ने सिरिजको सम्पूर्ण छायाङ्कन अमेरिकामै हुनेछ । विवेक चम्लागाईंको लेखन रहेको सिरिजले गोप्य रूपमा लिभ–इन रिलेशनसिपमा रहेकी छोरी र अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको कथा भन्छ ।
सिरिजमा राधाबाबु लम्साल र खेम शर्मा, आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाको समेत अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा आउने विदेशी पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि
-
महिनावारी नहुनु वा ढिलाइ हुनुका आठ कारण
-
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता’
-
सुडानमा जारी युद्धका कारण चार लाखभन्दा बढी नागरिक विस्थापित : संयुक्त राष्ट्रसङ्घ
-
दक्षिण कोरियाको राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका ली जे–म्युङको जित निश्चित
-
विज्ञापनमा पनि भ्रष्टाचार, आयोगद्वारा मुद्दा दायर