‘लालीबजार’, ‘रोल नं. १’, ‘आई एम जितबहादुर’ र ‘जाँड’को आम्दानी कति ?
सारांश
- चलचित्र विकास बोर्डले ‘लालीबजार’, ‘रोल नं. १’, ‘आई एम जितबहादुर’ र ‘जाँड’को बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ ।
- ‘लालीबजार’ले ९ करोड ३२ लाखभन्दा बढी ग्रस कमाइ गरेको छ भने ‘रोल नं. १’ले १ करोड ७४ लाख कमाएको छ ।
- ‘आई एम जीतबहादुर’ले ३१ लाख ३६ हजार र ‘जाँड’ले १ लाख १६ हजार ग्रस कमाएको छ ।
काठमाडौं । चलचित्र विकास बोर्डले ‘लालीबजार’, ‘रोल नं. १’, ‘आई एम जितबहादुर’ र ‘जाँड’को बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ ।
सोमबार सार्वजनिक आइतबार रातिसम्मको बक्सअफिसमा रिपोर्मा ‘लालीबजार’ को ग्रस कमाइ ९ करोड ३२ लाख ९ हजार ९२५ रूपैयाँ नाघेको उल्लेख छ । यो अवधिमा फिल्मको टिकट ३ लाख १७ हजार १२ टिकट बिक्री भएको छ । फिल्मले केही दिन अघि ५१ दिन मनाएको थियो ।
त्यस्तै, फिल्म ‘रोल नं. १’ को ग्रस कमाइ १ करोड ७४ लाख ८५ हजार ६५८ रूपैयाँ पुगेको छ । फिल्मको यो अवधिमा ६९ हजार १६६ टिकट बिक्री भएको छ ।
फिल्म ‘आई एम जीतबहादुर’ ले ३१ लाख ३६ हजार ११२ रूपैयाँ ग्रस कमाइ गरेको छ । फिल्मको ९ हजार ७४२ टिकट बिक्री भएको छ ।
त्यस्तै असार १२ गतेदेखि प्रदर्शनमा आएको ‘जाँड’ को व्यापार निकै कमजोर देखिएको छ। यो फिल्मले १ लाख १६ हजार ६४५ रूपैयाँ मात्र ग्रस कमाएको हो । फिल्मको ५६९ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलंकाको जेलमा झडप, कम्तीमा २० जनाको मृत्यु
-
इंग्ल्यान्डका प्रशिक्षकले भनेः गतिला भएनन् विश्वकपका रेफ्री
-
अपमानित गरेको भिडिओ सार्वजनिक भएपछि बालिकाद्वारा आत्महत्या
-
हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा
-
स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री
-
नेप्से परिसूचक २६ अङ्कले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण