गाजाको विद्यालयमा इजरायली हवाई हमलामा कम्तिमा १६ जनाको मृत्यु
आइतबार, २३ असार २०८१, १३ : १५
रफाह । गाजा पट्टीमा रहेको एक विद्यालयमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तिमा १६ जनाको मृत्यु भएको छ । अरु दर्जनौं घाइते भएको प्यालेष्टिनी अधिकारीहरूले बताएका छन् ।
विद्यालय रहेको सो भवनमा मध्य गाजास्थित शरणार्थी शिविरबाट विस्थापित भएका हजारौं मानिसले शरण लिइरहेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ । अल–जाओउनी विद्यालय आसपासको क्षेत्रमा आफूहरूले कयौं संरचना ध्वस्त पारेको इजरायल डिफेनस फोर्सले भनेको छ ।
सो विद्यालयमा ७ हजार जना बसिरहेको अनुमान गरिएको छ । नुसेरात शरणार्थी शिविरमा एउटा घरमा भएको छुट्टै हमलामा अरु १० जनाको मरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनसम्बन्धी रिटमा कारण देखाउ आदेश
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण