आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले र माओवादी विघटनको तयारी : प्रचण्ड

शुक्रबार, २१ वैशाख २०७५, १२ : ४६
शुक्रबार, २१ वैशाख २०७५

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी केन्द्र छिट्टै विगटन हुने बताएका छन् ।

कार्ल माक्र्सको स्मृति दिवसको अवसरमा काठमाडौंमा गरिएको आजको माक्र्सवाद, लोकतन्त्र, समृद्धी र समाजवाद शीर्षकमा आयोजित राष्ट्रिय गोष्ठीमा बोल्दै अध्यक्ष प्रचण्डले केहीदिन भित्रै पार्टी एकता हुने बताउँदै दुई पार्टीबीच बलियो समझदारी निर्माण भएको उल्लेख गरे । 

एकता नभए मुलुक फेरी ७० बर्ष पछाडि धकेलिने र अराजकताको भुमरिमा फस्कने उनको तर्क थियो । उनले भने, ‘पार्टी एकता अहिलेको आवश्यकता हो, यदी हामीले एकता प्रक्रियालाई छिटो सम्पन्न गरेनौँ भने देश फेरी पनि अराजकताको भासमा फस्नेछ ।’  

निरन्तरतामा क्रमभंगता नगरेसम्म मुलुकको सम्वृद्धि हासिल हुन नसक्ने भन्दै उहाँले आग्रह र पुर्वाग्रहबाट माथि उठेर एक पटक श्रमजीवी वर्गका लागि समर्पित हुने संकल्प गर्न सबैलाई आव्हान गरे । नेताहरुले आफुलाई सांच्चै नेता हो भन्ने सावित गर्न विचारको विकासमा निरन्तरतामा क्रम भंग हुन्छ भनेर बुझ्न सक्नुपर्नेमा उनले जोड दिए । उनले मुलुकलाई असफल हुनबाट बचाउन केही दिन भित्रै कम्युनिष्ठ एकता हुने उद्घोष गरे ।

कार्यक्रममा प्रचण्डले एकजना पश्चिमा विद्वानले नेपालीले आफ्नो बारेमा आफैले सोचेनन् भने देशनै समाप्त हुने बताएको स्मरण गर्दै त्यो भविष्यवाणी सफल हुन नदिने जिम्मा कम्युनिष्टको काँधमा आएको उनले बताए । 

उनले युवाहरुलाई देशको जिम्मा दिएर अघि बढौँ भनेको तर यूवाहरुमा नपढ्ने, ज्ञान नलिने तथा चिन्तन नगर्ने बानी विकास भएको बताए । उनले युवाहरुलाई माक्र्सवाद पढ्न र अघि बढ्न आग्रह समेत गरे ।

कम्युनिष्ट नेताहरुमा पछिल्लो समय कार्लमाक्र्सको विचार, सिद्धान्त र आर्दशप्रति अनास्था र  बुर्जुवा स्वार्थ प्रति आकर्षण बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरे । उनले नेपालमा मात्रै नभई विश्वभर नै कार्लमाक्र्सको विचार, सिद्धान्त र आर्दश स्खलन हुँदै उपभोक्तावादी, व्यक्तिवादी चिन्तनको विसंगतिले टाउको उठाउँदै गएको बताए । उनले माक्र्सवादको अध्ययन तथा चिन्तन गर्ने संस्कृति सत्तारोहणपछि चिन्ताजनक ढंगले उपभोक्तावादको अध्ययन गर्ने भयानक रोगमा परिणत भएको पनि बताए । 

यस्तै एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र झलनाथ खनालले पनि छिट्टै पार्टी एकता हुने बताए । उनीहरुले पार्टी एकता नहोला कि भन्नेमा शंका नगर्न आग्रह समेत गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप