इरानका नवनिर्वाचित राष्ट्रपति पेजेस्कियनले आगामी महिना कार्यभार सम्हाल्ने
तेहरान । इरानका मसूद पेजेस्कियनले इस्लामिक गणतन्त्रको नवौँ राष्ट्रपतिको रूपमा अगस्टको सुरुमा संसद्समक्ष शपथ ग्रहण गर्ने इरानी सञ्चारमाध्यमले आइतबार जानकारी गराएका छन् । “राष्ट्रपतिको शपथ ग्रहण समारोह अगस्ट ४ वा ५ मा हुनेछ,” संसदीय बोर्डका सदस्य मोजताबा योसेफीलाई उद्धृत गर्दै आधिकारिक इर्ना समाचार एजेन्सीले जनाएको छ ।
“राष्ट्रपतिले आफ्ना प्रस्तावित मन्त्रीहरूलाई विश्वासको मतका लागि संसद्मा पेस गर्न १५ दिनको समय प्राप्त गर्नुहुनेछ ।” नवनिर्वाचित राष्ट्रपतिले इस्लामिक गणतन्त्रका सर्वोच्च नेताद्वारा आधिकारिक अनुमोदन प्राप्त गरेपछि शपथ ग्रहण कार्यक्रम हुनेछ । इरानका राष्ट्रपति
राज्यको प्रमुख होइनन् र राज्यको अन्तिम अधिकार सर्वोच्च नेतासँग रहन्छ । इरानका सर्वोच्च नेताको आयातोल्लाह अली खामेनीले विगत ३५ वर्षदेखि पदभार सम्हाल्दै आएका छन् । मे महिनामा हेलिकप्टर दुर्घटनामा इब्राहिम रायसीको मृत्यु भएपछि राष्ट्रपति पदका लागि भएको दुई चरणको चुनावमा शुक्रबार पेजेस्कियनले जित हासिल गरेका हुन् ।
इरानी पत्रपत्रिकाले आइतबार पहिलो पृष्ठमा पेजेस्कियनको फोटोहरू प्रकाशित गरेर नवनिर्वाचित राष्ट्रपतिको नेतृत्वमा ऐक्यबद्धता जनाउन आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रका ऋषि : गिरिजाबाबु
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
-
सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
-
पत्रकार खेम भण्डारी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण