फिल्म ‘चिट्ठी’ सेन्सर पास
काठमाडौँ । माधव खरेल निर्देशित फिल्म चिट्ठीले सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले आइतबार फिल्मलाई पिजी सर्टिफिकेट दिँदै सेन्सर पास गरेको हो ।
अब यो फिल्म १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा मात्र हेर्न पाउनेछन् । फिल्मलाई सेन्सर बोर्डले राम्रो प्रतिक्रिया दिएको निर्देशक खरेल बताउँछन् ।
एरा प्रोडक्सनको प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्म कमेडी, सस्पेन्स र थ्रिलर जनरामा निर्माण भएको हो । फिल्म सञ्चारकर्मी समेत रहेकी कमला जोशीले निर्माण गरेकी हुन् । खरेललकै लेखन रहेको फिल्मको प्रदर्शन मिति भने तय भएको छैन ।
फिल्ममा सन्जित भण्डारी, खड्ग बहादुर पुनमगर (खवपु), गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, मुस्कान लामा, प्रवण भुसाल, कञ्चन चालिसे, नम्रता खरेल पौडेललगायतको मुख्य अभिनय रहेको छ । मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारको समेत फिल्ममा अभिनय देख्न सकिन्छ ।
सरोज कोइरालाको संगीत, जीवन पराजुली र राजन खरेलको छायाँकन, किरण दाहालको द्धन्द्ध, कृष्ण बहादुर कार्कीको निर्माण व्यवस्थापन रहेको फिल्म राजेश कुमारले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण