४ जना मृतावस्थामा फेला
काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार रौतहटको माधव नारायण नगरपालिका-९ गढउ स्थित बाग्मती खोलाको किनारमा अन्दाजी ५५ वर्षीय पुरूष आइतबार मृतावस्थामा फेला परेका छन् ।
यसैगरी इलामको रोङ गाउँपालिका-५ इरौटार बस्ने ६५ वर्षीया सोम माया राई सोही ठाउँ स्थित भिर तल खोल्सामा आइतबार मृतावस्थामा फेला परेकी छिन् ।
गुल्मीको मदाने गाउँपालिका-३ कैरलपाटा बस्ने ७४ वर्षीय खुलानन्द पुरी पनि धुर्कोट गाउँपालिका-७ गोलपोखरी स्थित खरबारीमा आइतबार मृतावस्थामा फेला परेका छन् ।
यसैगरी दैलेखको भैरवी गाउँपालिका-१ महतरागाउँ कटौचे बस्ने ६१ वर्षीय तिर्थ बहादुर महतरा दुल्लु नगरपालिका-११ स्यालाखाडा स्थित छामघाट खोलाको किनारमा आइतबार मृत अवस्थमा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनसम्बन्धी रिटमा कारण देखाउ आदेश
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण