अभिलेख संरक्षण ऐनबारे समितिमा छलफल
काठमाडौँ । संसदीय समितिले अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरिएको छ ।
राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले सो विधेयकमाथि छलफल सुरु गरेको हो ।
प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सो विधेयकको वस्तुगत र कानुनी प्रावधानसँग पनि सम्बन्धित रहेर छलफल गरिएको समितिका सभापति मायाप्रसाद शर्माले जानकारी दिए ।
उनले भने, ‘यो अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा गरेका छौँ । प्रतिनिधि सभाबाट संशोधनसहित राष्ट्रिय सभामा सन्देशसहित आएको छ । यसलाई छलफल गर्न सजिलो होस भनेर हामीले सुरुवात गरेका छौँ । यो अभिलेख फेरी हाम्रा समितिसँग अन्तरसम्बन्धित पनि छ ।’
बैठकमा समितिका सदस्यहरूले अभिलेख संरक्षण ऐनलाई समयानुकूल बनाउन सरकारलाई सचेत गराएका थिए । समितिको अर्को बैठक असार २५ गते मंगलबार बिहान साँढे १० बजे बस्नेगरी बोलाइएको छ । बैठकमा पुस्तकालयको अनुगमनका सम्बन्धमा छलफल हुने समितिका सभापति शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण