फौजदारी मुद्दामा बोइङद्वारा दोष स्वीकार
वाशिङटन डीसी । अमेरिकी यात्रुवाहक विमान निर्माता कम्पनी बोइङले फौजदारी धोकाधडीको अभियोगमा आफ्नो दोष स्वीकार्न सहमति जनाएको छ । ३४६ जना यात्रीको ज्यान जाने गरी भएको दुई ओटा ७३७ म्याक्स विमान दुर्घटनापछि कम्पनीको सुधारका लागि भएको सम्झौता उल्लङ्घन गरेको पाइएपछि सो अभियोग लगाइएको थियो ।
कम्पनीले दोष स्वीकार्नुका साथै २४ करोड ३६ लाख डलर बराबरको जरिवाना तिर्न पनि सहमति जनाएको अमेरिकाको न्याय मन्त्रालयले बताएको छ । पाँच वर्षअघि पाँच महिनाको अन्तरालमा भएका ती दुई दुघर्टनामा परेर ज्यान गुमाउने व्यक्तिका परिवारहरूले भने यो सम्झौताले बोइङलाई ती मृत्युको पूर्ण जिम्मेवारीबाट पन्छाउने बहाना दिने भन्दै आलोचना गरेका छन् । यो सेटलमेन्टलाई अब अमेरिकी न्यायाधीशले मन्जुरी दिनुपर्नेछ । दोष मानेर बोइङले आपराधिक मुद्दाको पेशीबाट उन्मुक्ति पाएको छ ।
कम्पनीलाई कठघरामा उभ्याउनुपर्ने दबाब मृतक यात्रीका परिवारहरूले दिँदै आएका थिए । सन् २०१८ र सन् २०१९ मा लगभग उस्तै गरी दुईओटा बोइङ ७३७ म्याक्स दुर्घटनामा परेपछि कम्पनीको सुरक्षा रेकर्डबारे प्रश्नहरू उठेका थिए । यी दुई घटनापछि विश्वभर बोइङका ७३७ म्याक्स विमान ग्राउन्डेड हुने क्रम बढेका थियो भने बोइङले सुरक्षा सङ्कटको सामना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण