महिला एसिया कप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपाल पराजित
काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त नेपाली टोली मंगलबार सम्पन्न पहिलो अभ्यास खेलमा श्रीलङ्का डेभलपमेन्ट स्क्वाड टोलीसँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ३३ रनले पराजित भएको छ ।
पहिले ब्याटिङ गरेको श्रीलङ्काली टोली निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो । वर्षाका कारण नेपालले १५ ओभरमा ९६ रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो । तर, नेपालले १५ ओभरमा नौ विकेट गुमाएर ६३ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि ब्याटिङतर्फ रुविना क्षेत्रीले सर्वाधिक १७ रन बनाएकी थिइन् । सीता रानामगरले ११ रन जोडेकी थिइन् । त्यसअघि बलिङमा नेपालकी सबनम राईले तीन र राजमती ऐरीले एक विकेट हात पारेका थिए । एसीसी महिला एसिया कपमा सहभागी हुन नेपाली टोली हाल श्रीलङ्कामा छ ।
एसीसी महिला एसिया कप जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते)सम्म श्रीलङ्कामा आयोजना हुँदैछ । महिला एसिया कपको नवौँ संस्करणमा आठ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाली टोली प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तान पनि नेपालकै समूहमा छन् । उक्त समूहमा चौथो टोलीको रूपमा यूएई रहेको छ । प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् ।
प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच जुन २८ तारिखमा फाइनल खेल हुनेछ । समूहगत चरणमा नेपालले आफ्नो पहिलो खेल यूएईसँग खेल्नेछ ।
नेपाल र यूएईबिचको खेल जुलाई १९ तारिखमा डम्बुलामा खेलिने छ । नेपालले दोस्रो खेल जुलाई २१ तारिखमा पाकिस्तानसँग डम्बुलामै खेल्नेछ । नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेल जुलाई २३ तारिखमा बलियो प्रतिद्वन्द्वी भारतसँग डम्बुलामै खेल्नेछ ।
महिला एसिया कप यात्रामा होमिने नेपाली टोलीमा ईन्दू बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण