सुनसरी खोला उर्लियो, कोशीका यी ५ स्थानमा अत्यधिक वर्षा
विराटनगर । कोशी प्रदेशका विभिन्न ५ ठाउँमा २४ घण्टामा भारी वर्षा भएको छ । यस्तै सुनसरी खोलाको जलसतह अत्यधिक बढेका कारण खतरा रहेको जनाइएको छ ।
पूर्व–पश्चिम राजमार्गमा रहेको सुनसरी खोलामा साढे ६ बजे गरिएको मापन अनुसार पानीको सतह समुद्र सतहबाट ८१.२२ मिटरमाथि पुगेको छ । अहिले पानीको बहाव स्थिर रहेको जनाइएको छ ।
यस्तै झापाको कन्काई नदीमा पनि पानीको सतह समुद्र सतहबाट ११३.८४ मिटरमाथि पुगेको छ । खोला बढ्ने क्रममा रहेकोले सुरक्षित रहने जल तथा मौसम विज्ञान विभागले चेतावनी दिएको छ । सुनसरी खोलामा भने खतराको तह पार गरेको विभागले जनाएको छ ।
विभागले गरेको मापन अनुसार सुनसरीको चतरा, उदयपुरका उदयपुर गढी, सुनसरीको धरान, धनकुटाको मछुवाघाट र मोरङको केराबारीमा भारी वर्षा भएको हो ।
सुनसरीको चतरामा २४ घण्टामा १७१.८ मिलिमिटर पानी परेको छ । यस्तै उदयपुर २४ घण्टामा १४४ मिलिमिटर पानी परेको छ । धरानमा २४ घण्टामा १६०.४ मिलिमिटर पानी गरेको छ । धनकुटाको मछुवाघाटमा भने १२ घण्टामै ८०.२ मिलिमिटर पानी परेको छ । २४ घण्टामा त्यहाँ १४२.४ मिलिमिटर पानी परेको छ । यस्तै मोरङको केराबारीमा २४ घण्टामा १५५.४ मिलिमिटर पानी परेको विभागले जनाएको छ ।
विभागका अनुसार १२ घण्टामा १२० मिलिमिटर र २४ घण्टामा १४० मिलिमिटरभन्दा बढी पानी परेमा भारी वर्षा मानिन्छ । यस्तै १ घण्टामा ६०, ३ घण्टामा ८० र ६ घण्टामा १ सय मिलिमिटर पानी परेमा पनि भारी वर्षा भएको मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण