बेसहारा बुवा आमाको कथामा बन्यो ‘लापत्ता सन्तान’

काठमाडौँ । विभिन्न कारणले बेसहारा बनेर वृद्धाश्रम पुगेका बुवा आमाको कथामा सर्ट फिल्म ‘लापत्ता सन्तान’ निर्माण भएको छ । रामजी ज्ञवालीको लेखन, निर्माण एवं निर्देशन रहेको फिल्ममा रश्मि भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट र मनिष पी निरौलालाई देख्न सकिन्छ ।
विभिन्न कारण आश्रम पुगेका बुवा आमा र उनीहरूका सन्तानको कथा फिल्मले उठान गरेको छ । फिल्मको टिजर केही दिनमा सार्वजनिक गरिने निर्देशक ज्ञवालीले बताए । ‘टिजरबाट केही कथा बोल्छौँ । पुरा फिल्म भने केही ढिला सार्वजनिक गर्ने हाम्रो तयारी छ’ निर्देशक ज्ञवालीले भने, ‘फिल्म निर्माणको उद्देश्य कमाउने भन्दा पनि जनचेतना फैलाउने हो ।’
निरज कँडेलको डीओपी र नहकुल खड्काको सम्पादनमा रहेको फिल्म कलर संयोजन राजेन्द्र मोक्तान हुन् । ज्ञवालीले यसअघि ‘डार्क मुन’, ‘एक लभर’, ‘आराध्या’, ‘हनिमुन’ लगायतका सर्ट फिल्म बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’
-
वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
-
राजश्व छलीका सामाग्रीसहित काठमाडौँबाट ८ जना पक्राउ
-
माओवादी जनयुद्धको उद्गम थलोमा प्रचण्डको 'मर्निङ वाक' (तस्बिरहरू)
-
तस्बिरमा हेर्नुहोस् अन्तुडाँडाको सौन्दर्यता