बेसहारा बुवा आमाको कथामा बन्यो ‘लापत्ता सन्तान’
काठमाडौँ । विभिन्न कारणले बेसहारा बनेर वृद्धाश्रम पुगेका बुवा आमाको कथामा सर्ट फिल्म ‘लापत्ता सन्तान’ निर्माण भएको छ । रामजी ज्ञवालीको लेखन, निर्माण एवं निर्देशन रहेको फिल्ममा रश्मि भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट र मनिष पी निरौलालाई देख्न सकिन्छ ।
विभिन्न कारण आश्रम पुगेका बुवा आमा र उनीहरूका सन्तानको कथा फिल्मले उठान गरेको छ । फिल्मको टिजर केही दिनमा सार्वजनिक गरिने निर्देशक ज्ञवालीले बताए । ‘टिजरबाट केही कथा बोल्छौँ । पुरा फिल्म भने केही ढिला सार्वजनिक गर्ने हाम्रो तयारी छ’ निर्देशक ज्ञवालीले भने, ‘फिल्म निर्माणको उद्देश्य कमाउने भन्दा पनि जनचेतना फैलाउने हो ।’
निरज कँडेलको डीओपी र नहकुल खड्काको सम्पादनमा रहेको फिल्म कलर संयोजन राजेन्द्र मोक्तान हुन् । ज्ञवालीले यसअघि ‘डार्क मुन’, ‘एक लभर’, ‘आराध्या’, ‘हनिमुन’ लगायतका सर्ट फिल्म बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि लामिछानेसमक्ष पुग्यो वीरगन्ज मेनरोडको मुद्दा
-
कर्णालीको संसद्मा धकेलाधकेल, सरकारले भन्यो– संसद् कुस्ती खेल्ने ठाउँ होइन
-
खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
-
प्रहरीका ८ जना एआईजीको सरुवा, सीआईबीमा उमा चतुर्वेदी
-
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण