समस्याग्रस्त हाम्रो नयाँ कृषि सहकारीका बचतकर्ताले पाए २ करोड ५७ लाख फिर्ता
काठमाडौँ । समस्याग्रस्त हाम्रो नयाँ कृषि सहकारी संस्थाका पीडित बचतकर्ताहरूले २ करोड ५७ लाख बचत फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार असार २५ गतेसम्ममा हाम्रो नयाँ कृषि सहकारीका १९ जना बचतकर्ताको २ करोड ५७ लाख रुपैयाँ रकम फिर्ता गरिएको हो ।
सयौं बचतकर्ताको बचत रकम फिर्ता गर्न नसकेको संस्थालाई भूमि व्यवस्था, सहकारी, तथा गरिबी निवारण मन्त्रालयले गत माघ ११ गते समस्याग्रस्त घोषणा गरेको थियो । संस्था विरुद्ध ५० जना पीडित बचतकर्ताहरूले ७ करोड ७७ लाख ९० हजार १९८ रुपैयाँ बराबरको बचत अपचलनको उजुरी हालेका थिए ।
सोमध्ये १९ जनाको २ करोड ५७ लाख रुपैयाँ बराबरको बचत रकम फिर्ता गरिएको र ३१ जना पीडितको ५ करोड २० लाख ९० हजार १९८ रुपैयाँ बराबरको रकम फिर्ता गर्न बाँकी रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले जनाएको छ ।
हालसम्म समस्याग्रस्त सहकारीको सङ्ख्या २१ पुगेको छ । २१ सहकारी विरुद्ध ५९ हजार ५८७ बचतकर्ताले ३६ अर्ब २८ करोड ९६ लाख ८१ हजार ७८० रुपैयाँ बराबरको मागदाबी गरेका छन् ।
जसमध्ये कार्यालयले एक हजार २१२ बचतकर्ताको ७९ करोड ८१ लाख ४६ हजार ४५८ रुपैयाँ फिर्ता गरिसकेको छ भने तीन सहकारीको बचत राफसाफ गरिसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण