समाजवादी मोर्चा पुनर्गठनबारे नेताहरूबिच छलफल
काठमाडौँ । समाजवादी मोर्चा पुनर्गठनबारे छलफल भएको छ । बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूबिच मोर्चा पुनर्गठनबारे प्रारम्भिक छलफल भएको हो ।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले नेताहरूबिचको छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्रीले ब्रिफिङ गरेको र अन्य नेताहरूले आफ्ना धारणा राखेको बताए ।
‘आजको मोर्चाको बैठकमा विकसित राजनीतिक घटनाक्रमको बारेमा प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभयो । त्यसपछि अन्य नेताहरूले पनि धारणा राख्नुभयो । त्यसपछि मोर्चाको पुनर्गठनबारे प्रारम्भिक छलफल भनिएको छ, अर्को मिटिङसम्म टुंगो लाग्छ’, मल्लले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण