नेप्से सूचक २२ सय अंकमा उक्लियो, एकैदिन ७ अर्बभन्दा बढीको कारोबार
काठमाडौँ । केही दिन यताको लगातार वृद्धिसँगै सेयर बजार परिसूचक नेप्से २२ सय अंकमा उक्लिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक २९.२१ अंकले वृद्धि हुँदै २२ सय ४.६१ विन्दुमा उक्लिएको हो ।
बिहीबार कारोबारमा समेत उच्चता आउँदै ७ अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको २ करोड कित्तामाथि सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
बिहीबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.९० अंकले बढ्दै ३९१.६६ विन्दुमा उक्लिएको छ ।
१३ वटा उपसूचकमध्ये बिहीबार माइक्रोफाइनान्स र ट्रेडिङ समूह बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक बिहीबार ३.०६ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको उपसूचक २.४२ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक १.४३ प्रतिशतले बढेको छ ।
यता माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक भने बिहीबार क्रमशः ०.५३ प्रतिशतले र ०.३९ प्रतिशतले घट्न पुगेका छन् । बिहीबार १५५ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण