मन्त्री नआएपछि २ मिनेट बसेर सकियो प्रतिनिधिसभा बैठक
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा एक जना पनि मन्त्री नआएपछि भोलीसम्मका लागि स्थगित भएको छ । दिउँसो ४ बजेका लागि बोलाइएको बैठक साँझ साढे ५ बजे बसेको थियो । बैठकको सुरुमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बैठकमा एक जना पनि मन्त्री नभएका कारण संसद् बैठक अगाडि जान नसक्ने भन्दै सभामुखको ध्यानाकर्षण जनाए ।
त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ को उपनियम ५ अनुसार प्रतिनिधिसभा बैठक सञ्चालन गर्न अनिवार्य मन्त्रीको उपस्थिति हुनुपर्ने व्यवस्था रहेको भन्दै शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् । बैठक जम्मा २ मिनेट बसेर स्थगित भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले “आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७९–०८०)” पेश गर्ने कार्यसूची रहेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसेका कारण मन्त्रीहरू संसद्मा उपस्थित हुन नसकेको जनाइएको छ । भोलीको संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण