४ जना मृत अवस्थामा फेला
काठमाडौँ । विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सप्तरीको खडक नगरपालिका-८ बिसनपुर स्थित बाँसको झाङ मुनि जमेको पानीमा सोही ठाउँ बस्ने ४५ वर्षीया रम्भा देवी चौधरी कलवार बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
पाल्पाको माथागढी गाउँपालिका-४ झडेवास्थित झडेवा खोलामा पनि सोही गाउँपालिका-४ बस्ने ७९ वर्षीया पदम कुमारी घर्ती क्षेत्री बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी पाल्पाकै रम्भा गाउँपालिका-१ सर्दी स्थित कालीगण्डकी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङको रतुवामाई नगरपालिका-१० कट्नु नहरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४१ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण