पहिरोमा परेका यात्रुहरूको खोजी एवम् प्रभावकारी उद्धारका लागि प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले नारायणगढ मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीले बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन दिएको जानकारी गराएका छन् ।
साथै मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरण सम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र राहतमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई हार्दिक अपिल पनि प्रधानमन्त्रीले गरेका छन् ।
चितवनको सिमतालमा पहिरो जाँदा दुई बस बगाएको अनुमान प्रहरीको छ । साथै अन्य स्थानमा पनि अविरल वर्षाका कारण बाढी पहिरोबाट जनधनको क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वित्तीय शोषणविरूद्ध साउन १० गते काठमाडौँमा ‘राजधानी मार्च’ हुँदै
-
३६ दिनको आन्दोलनपछि भारतीय शिक्षा मन्त्रीको राजीनामा
-
बिना निर्णय टुङ्गियो एमाले कर्णाली दलको बैठक, अन्तिमसम्म ‘ओलीकाे फोन’ कुर्ने रणनीति
-
ग्रेटवाल : ढुङ्गामा कुँदिएको इतिहास
-
मुगुमा पहिरो : गगन थापाले गराए सम्बन्धित निकायकाे ध्यानाकर्षण
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण