यातायात व्यवस्थापन
रात्रि बस सञ्चालनमा रोक लगाउने तयारी, गृहले सरोकारवालालाई छलफलमा बोलायो
शुक्रबार, २८ असार २०८१, ११ : २४
काठमाडौँ । सरकारले वर्षाको समयमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने तयारी गरेको छ । गृह मन्त्रालयले बाढी, पहिरो लगायतको जोखिम बढेकाले जोखिमयुक्त क्षेत्रमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन प्रस्ताव गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन मन्त्रालयले प्रस्ताव गरेको र यस विषयमा सरोकारवालासँग छलफल गर्न लागिएको बताए ।
उनले यसका लागि यातायात व्यवसायीसहितका सरोकारवालालाई गृहमन्त्रालयमा बोलाइएको भन्दै केहीबेरमा छलफल गरेर आवश्यक निर्णय हुने रातोपाटीलाई बताए । ‘हामी छलफलमा छौँ, सरोकारवालासँग बसेपछि सबै विषय टुंगिन्छ’, उनले भने।
उनका अनुसार शुक्रबार ११ बजेका लागि बैठक बोलाइएपनि सरोकारवाला आउने क्रम जारी रहेकाले अब केहीबेरमा सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण