यातायात व्यवस्थापन
रात्रि बस सञ्चालनमा रोक लगाउने तयारी, गृहले सरोकारवालालाई छलफलमा बोलायो
शुक्रबार, २८ असार २०८१, ११ : २४

काठमाडौँ । सरकारले वर्षाको समयमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने तयारी गरेको छ । गृह मन्त्रालयले बाढी, पहिरो लगायतको जोखिम बढेकाले जोखिमयुक्त क्षेत्रमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन प्रस्ताव गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन मन्त्रालयले प्रस्ताव गरेको र यस विषयमा सरोकारवालासँग छलफल गर्न लागिएको बताए ।
उनले यसका लागि यातायात व्यवसायीसहितका सरोकारवालालाई गृहमन्त्रालयमा बोलाइएको भन्दै केहीबेरमा छलफल गरेर आवश्यक निर्णय हुने रातोपाटीलाई बताए । ‘हामी छलफलमा छौँ, सरोकारवालासँग बसेपछि सबै विषय टुंगिन्छ’, उनले भने।
उनका अनुसार शुक्रबार ११ बजेका लागि बैठक बोलाइएपनि सरोकारवाला आउने क्रम जारी रहेकाले अब केहीबेरमा सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलतन्त्र विरूद्ध न्यायप्रेमी आम नागरिक एक जुट होऔँ : प्रभु साह
-
संसद्मा रास्वपाको ‘दोहोरो चरित्र’ : सत्तापक्ष बोल्दा नाराबाजी, माओवादी बोल्दा चुपचाप
-
बजेट ल्याएको भोलिपल्ट कर्णालीका अर्थमन्त्रीले भने - कार्यकर्ताहरू कति रिसाउने हो थाहा छैन
-
धवल शमशेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश
-
काठमाडौँमा पाँचौँ आदिवासी जनजाती चलचित्र महोत्सव हुने
-
‘खै त मायाले कुरा बुझेको’ मा सुधीर र बिनाको रोमान्स