सांसद वैरागीले भने– अहिले देशमा सरकार हरायो
काठमाडौँ । नेकपा एमालेकाका सांसद दामोदर पौडेल वैरागीले अहिले देशमा सरकार नभएको टिप्पणी गरेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले देश बाढी–पहिरोबाट आक्रान्त भएका बेला सरकार हराएको बताए ।
‘देशभर बाढी, पहिरो र चट्याङका कारण धेरै धनजनको क्षति भइरहेको छ । पोखरामा पहिरोले ११ जनाको ज्यान गएको छ। सामान्य उद्धार त भएको छ तर सरकारबाट समयमा राहत पुगेको छैन । आज बिहान मात्रै त्रिशूली नदीमा दुई वटा गाडीहरू खसेका छन् । अहिले सरकार छैन, एक किसिमले भन्दा यो बेला सरकार हराएको छ,’ उनले भने ।
यो विपत्ति आउने पूर्वानुमान हुँदा पनि सरकार नहुँदा समस्या भएको उनको भनाइ छ । ‘पहिरोसँगै त्रिशूलीमा खसेका दुवै बस भेटिएका छैनन् । प्राकृतिक विपत्ति आउने कुराको पूर्वानुमान हामीले दिएका थियौँ’, उनले भने, ‘सरकारको लापरबाहीले हिजो संसद् बस्न सकेन । अहिले देशमा सरकार छैन, जनताले त्यहीकारण दुःख पाए ।’
देशमा सरकार नहुँदा सम्बन्धित निकायबाट बाढी–पहिरो पीडित नागरिकले राहत नपाएको वैरागीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
-
अभिमुखीकरणका लागि बाहिर नजाने विधायन व्यवस्थापन समितिको निर्णय, सिंहदरबारभित्रै कार्यक्रम हुने
-
प्रचण्ड भन्छन्– एउटै पार्टी बनाउन थाले झगडा भइहाल्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण