साउनको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति ?
काठमाडौँ । बाणिज्य बैंकहरुले साउनका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २० बाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाएका छन् । यस्तै ५ वटाको स्थिर ब्याजदर हुँदा २ वटा बैंकले भने ब्याजदर बढाएका छन् ।
असारमा बैंकहरुले व्यक्तिगत मुद्धतीमा दिएको औषत ब्याजदर ६.९१ प्रतिशत रहेकोमा साउनमा घटेर ६.७३ कायम भएको हो ।
बैंकहरुको सूचनाअनुसार कृषि विकास बैंकको ब्याजदर ६.२९, एभरेस्ट बैंकको ६.३, राष्ट्रिय बाणिज्य बैंकको ६.२१, नेपाल एसबीआई बैंकको ६.३ प्रतिशत ब्याजदर कायम भएको छ ।
यस्तै लक्ष्मी सनराइज बैंकको ६.५, ग्लोबल आईएमईको ६.२५, कुमारीको ६.७१, प्राइमको ६.५, नेपाल बैंकको ६.२५, सानिमाको ६.४ प्रतिशत ब्याजदर कायम भएको छ ।
यसैगरी सिटिजन्सको ६.७५, नबिलको ७, इन्भेस्टमेन्ट मेगाको ७, सिद्धार्थको ६.७५, स्टान्डर्ड चार्टर्डको ७, माछापुच्छ्रेको ७, प्रभुको ७ प्रतिशत ब्याजदर कायम भएको छ ।
यस्तै एनएमबिको ७.५३, एनआईसी एसियाको ७.५३, हिमालयको ७.५ प्रतिशत ब्याजदर कायम भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती एमालेमा विवाद : अबको मुख्यमन्त्री को ?
-
वर्षमान पुनको प्रश्न : प्रविधिमैत्री निर्वाचनमा ‘ह्याकिङ’ र ‘प्रोग्रामिङ’ को जोखिम कसरी रोक्न सकिन्छ ?
-
जापानको क्युशु क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
-
शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी
-
‘दाहाल यज्ञनिधि पुरस्कार’ अधिकारी र सुब्बालाई
-
सामाजिक एकता, आपसी सद्भाव र संयम कायम राख्न राप्रपाको अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण