भक्तपुरमा बालिकामाथि जबरजस्ती करणी
मङ्गलबार, ०१ साउन २०८१, १८ : २४
भक्तपुर । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरमा एक जना पक्राउ परेका छन् । भक्तपुर चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने सिन्धुली गोलन्जोर गाउँपालिका-५ घर भएका ३८ वर्षीय नवराज श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठले ती बालिकालाई कमलबिनायक बसपार्कस्थित शौचालय नजिक शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण