सिद्धार्थ बैंकका ग्राहकहरुलाई आरुष लाइफस्टाइल हस्पिटलमा २५% सम्म छुट
मङ्गलबार, ०१ साउन २०८१, २० : ३३
काठमाडौँ । सिद्धार्थ बैंक र आरुष लाइफस्टाइल हस्पिटल प्रा. लि. बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले आरुष लाइफस्टाइल हस्पिटलअन्तर्गत देशभर रहेका शाखाहरुमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा २५% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौता पत्रमा बैंकका ट्रान्ज्याक्शन बैंकिङ्ग तथा इन्टरनेस्नल बिजनेस प्रमुख जीत बहादुर अधिकारी र आरुष लाइफस्टाइल हस्पिटलसका प्रमुख कार्यकारी अघिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरे ।
ग्राहकहरुले आरुष लाइफस्टाइल हस्पिटलको कुपन्डोल हाइट, ठिमी चारदोबाटो (शंखघर चोक), टुसाल बौद्धनाथ मार्ग, न्यूरोड पोखरा, बरगाछी विराटनगर स्थित शाखा कार्यालयहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा उल्लेखित छुट पाउन सक्ने सिद्धार्थ बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती एमालेमा विवाद : अबको मुख्यमन्त्री को ?
-
वर्षमान पुनको प्रश्न : प्रविधिमैत्री निर्वाचनमा ‘ह्याकिङ’ र ‘प्रोग्रामिङ’ को जोखिम कसरी रोक्न सकिन्छ ?
-
जापानको क्युशु क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
-
शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी
-
‘दाहाल यज्ञनिधि पुरस्कार’ अधिकारी र सुब्बालाई
-
सामाजिक एकता, आपसी सद्भाव र संयम कायम राख्न राप्रपाको अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण