आज कहाँ-कहाँ छ आकस्मिक बाढीको जोखिम ?
बुधबार, ०२ साउन २०८१, ०८ : ४६
काठमाडौँ । देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेकोले नदी तथा खोला आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज महाकाली र पश्चिमसेती नदीको जलसतह सतर्कता तहभन्दा तलै रहेपनि उल्लेख्य बढ्ने भएकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै सिन्धुपाल्चोक, दोलखा, बाजुरा, अछाम, डोटी, डडेलधुरा, बैतडी, दर्चुला आसपासका जिल्लाभई बहने स–साना नदीहरूमा पनि बहाव बढ्ने तथा आकस्मिक बाढीको जोखिम रहेकोले महाशाखाले जानकारी दिएको छ ।
आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण