नेप्से
सेयर बजार ५४ अंकले बढ्दा १२ अर्ब भन्दा बढीको कारोबार
बुधबार, ०२ साउन २०८१, १५ : ४०
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ५४.०४ अंकले वृद्धि भएको छ । अघिल्लो दिन ७०.१८ अंकले बढेको सेयर बजार बुधबार पनि बढ्दै १ हजार ३६४.६३ को बिन्दुमा पुगेको हो ।
अर्थमन्त्री विष्णु पौडेल सोमबार अर्थमन्त्रीमा नियुक्त भएको दिन नेप्से घटेपनि त्यसपछिको दुई दिन भने लगातार वृद्धि भएको हो ।
बुधबार ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर कारोबार हुँदै १२ अर्ब भन्दा बढीको कारोबार भएको छ । नेप्सेका अनुसार १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन सबै उपसूचकहरूमा हरियाली छाएको छ । यस्तै सेन्ट्रल फाइनान्सको सेयरको मूल्य १० प्रतिशत बढ्दा सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले भने ९.९० प्रतिशत गुमाए । बुधबार सिंगटी हाइड्रोको सेयर सबैभन्दा बढी कारोबार भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण