५ जना मृतावस्थामा फेला
काठमाडौं । बिहीबार विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको धोबिघाट बस्ने खोटाङ बाह्रपोखरी गाउँपालिका-३ घर भएका ६२ वर्षीय अशोक विक सोही महानगरपालिकास्थित पिपलबोट नजिक सडकको पेटीमा मृतावस्थामा फेला परेका छन् ।
यसैगरी पर्साको वीरगंज महानगरपालिका-१६ स्थित सडक पेटीमा वीरगंज महानगरपालिका-१९ घर भई वीरगंज रानीघाट डेरा गरी बस्ने २८ वर्षीय नन्दकिशोर साह सोनार मृतावस्थामा फेला परेका छन् ।
यसैगरी गोरखाको अजिरकोट गाउँपालिका-५ तानतले जंगलमा पनि पालुङटार नगरपालिका-१० लप्सीचौर बस्ने ७५ वर्षीय मंगल कोईराला मृतावस्थामा फेला परेका छन् ।
यसैगरी सर्लाहीको बरहथवा नगरपालिका-११ हिरापुर ब्यारेजस्थित मनुषमरा सिंचाई २ नम्बर पुलको मुनी पानीमा सोही ठाउँ बस्ने ६० वर्षीय शंकर दास मृतावस्थामा फेला परेका छन् ।
यसैगरी चितवनको भरतपुर महानगरपालिका-२६ सिसवासस्थित नारायणी नदीमा अन्दाजी ४५ वर्षीय पुरूष मृतावस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनसम्बन्धी रिटमा कारण देखाउ आदेश
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण