महिला एसिया कप क्रिकेट : कप्तान इन्दु बर्माले लिइन् लगातार दोस्रो विकेट
काठमाडौँ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्सको चौथो विकेट लिएको छ । यूएईको चौथो विकेटका रूपमा समाइरा धरनिधरकालाई गुमाएको हो ।
समाइराको विकेट पनि कप्तान इन्दु बर्माले नै लिएकी हुन् । उनले समाइरालाई कविता कुँवरद्वारा क्याच गराएकी हुन् । पेभेलियन फर्किनुअघि समाइराले १२ बलमा दुई चौकाको मद्दतले १३ रन बनाएकी थिइन् । ७.२ ओभरमा समाइरा आउट हुँदा यूएईले ४६ रन बनाएको छ । नेपालले टस जिती यूएईलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
त्यसअघि यूएईले पहिलो विकेटका रूपमा कप्तान एसा ओजालाई गुमाएको थियो । उनी रनआउट भई पेभेलियन फर्किएकी थिइन् । सबनम राईले फालेको पाँचौँ बलमा ओजा रन लिन दौडिएकी थिइन् । तर, बल फिल्डरको हातमा पुगेपछि उनी पुनः फर्किएकी थिइन् ।
तर, त्यसअघि नै रुविना क्षेत्रीले विकेटकिपर काजोल श्रेष्ठलाई बल उपलब्ध गराइन् र काजोलले त्यो अवसलाई पूर्ण रूपमा सदुपयोग गरिन् । दोस्रो ओभरको पाँचौँ बलमा एसा आउट हुँदा यूएईले ११ रन बनाएको थियो ।
यूएईले दोस्रो विकेटका रूपमा तेस्रो नम्बरकी ब्याटर रिनिथा रजिथलाई गुमाएको थियो । उनलाई नेपाली टोलीकी बलर सबनम राईले ६ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेकी थिइन् । ३.१ ओभरमा रिनिथालाई गुमाउँदा यूएईले २१ रन बनाएको थियो ।
यूएईले तेस्रो विकेटका रूपमा ओपनर थिरथा सतिषलाई गुमाएको थियो । थिरथालाई नेपाली टोलीकी कप्तान इन्दु बर्माले आफ्नो बलिङमा आफैले क्याच लिँदै पेभेलियन फर्काएकी थिइन् । आउट हुनुअघि उनले १२ बलमा एक चौकाको मद्दतले नौ रन बनाएकी थिइन् । ५.३ ओभरमा उनी आउट हुँदा यूएईले ३६ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण