मोहना नदीमा अलपत्र परेकाहरूको उद्धार
शुक्रबार, ०४ साउन २०८१, १८ : ३६
कैलाली । वर्षासँगै मोहना नदीमा आएको बाढीमा फसेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१८ नोक्लिपुरबाट नदी पार गरी घाँस काट्न गएका उनीहरू सो नदीमा पानीको बहाव बढेपछि अलपत्र परेका थिए ।
उनीहरू नदीपारि अलपत्र परेको भन्ने जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट फूलबारीबाट खटिएको सुरक्षा फौजले र्याफ्ट बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो । यसैगरी सोही उपमहानगरपालिका–१५ स्थित कनरी गाँउमा खटिया नदीमा पानीको बहाव बढ्न गई डुबानमा परेका ७ घरपरिवारलाई सोही बिओपीबाट खटिएको सुरक्षा फौजले सुरक्षित स्थानमा सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशका १० पालिकामा नमुना कृषि कार्यक्रम लागू गर्ने योजना छ : मन्त्री चौधरी
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण