अवैध सालको गोलिया काठसहित सफारी गाडी बरामद
रौतहट । रौतहटको गुजारा नगर क्षेत्रबाट अवैध सालको गोलिया काठसहित भारतीय नम्बरको सफारी गाडी बरामद गरिएको छ। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको अस्थायी बेस हरिनगरका प्रमुख सई कृष्णनन्दन यादवको कमान्डमा सब डिभिजन वन कार्यालय जंगलसहियाबाट गएको संयुक्त टोलीले आज बिहान गुजरा ४ लालबकैया नदी किनारबाट उक्त काठ सहितको सफारी गाडी नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएको एचपी ३१ सी ०७३३ नम्बरको सफारी गाडीमा जङ्गलबाट अवैध चोरीलुकी ल्याइएको ५ थान सालको गोलिया २० क्युबिफिट काठ बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए।
गस्ती टोलीलाई देखेर गाडी चालक फरार भएको एसपी हुमागाईंले जानकारी दिएका छन्।बरामद काठ र गाडी सहितको कुल १५ लाख ६० हजार मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि सब डिभिजन बन कार्यालय जंगलसहियामा बुझाइएको सशस्त्र प्रहरी द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण